अभिनेता सलोन बस्नेत र करिश्मा केसी बुबाआमा बन्ने भएका छन्।
उनीहरूले सामाजिक सञ्जालमा 'प्रेग्नेन्सी' फोटोसुटको तस्बिर सार्वजनिक गरेका छन्। जिन्स पहिरनमा उनीहरूले फोटोसुट गराएका हुन्।
'नयाँ अध्याय सुरू,' सलोनले लेखेका छन्। सलोन र करिश्माले गतवर्ष मंसिरमा विवाह गरेका हुन्। करिश्मा नेपाल एयरलाइन्समा काम गर्छिन्। उनी एयर होस्टेस हुन्।
अभिनेता सलोन बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन्। उनले 'नेपाली बाबु' बाट बालकलाकारको रूपमा डेब्यु गरेका थिए। उनले 'होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाँडाको वरपीपल, बाबु कान्छा' लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।