लोकप्रिय टेलिसिरियल 'सक्किगोनि' मा पछिल्लो समय दर्शकले एकजना चर्चित पात्रलाई देखिरहेका छैनन्। सिरियलमा 'मुन्नी' को भूमिका निर्वाह गर्दै आएकी प्रियना आचार्यले एक वर्षयता सिरियलमा अभिनय गरेकी छैनन्।
सिरियलबाट उनको नाम हटाइएको छैन। तर लामो समयदेखि सिरियलमा नदेखिदा दर्शकले भने सिरियल छाडेको अनुमान लगाएका छन्। यसैबीच 'सक्किगोनि' का लेखक एवं निर्देशकमध्येका एक अर्जुन घिमिरे 'पाँडे' ले प्रियनाले सिरियल छाडेको नभइ केही समयका लागि रेस्ट लिएको बताए।
'बिरामी भएको बताउँदै केही समय रेस्ट लिनुभएको हो' अर्जुनले भने, 'केही एपिसोडपछि फेरि आउनुहुन्छ।'
प्रियनाले पनि केही समयपछि सिरियलमा फेरि फर्किने बताइन्। 'आज म केही समयका लागि युके जाँदैछ। त्यहाँबाट फर्केपछि सिरियलमा काम गर्छु,' प्रियनाले सेतोपाटीसँग भनिन्।
'सक्किगोनि' मा नदेखिए पनि उनले म्युजिक भिडिओमा काम गरिरहेकी छन्।