'झोला' निर्देशक यादवकुमार भट्टराईको फिल्म 'झिल्को' को छायांकन सुरू भएको छ।
बिहीबारदेखि ललितपुरस्थित संखमूलबाट फिल्मको छायांकन सुरू गरिएको हो। फिल्म काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा छायांकन हुनेछ।
फिल्ममा वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गरिनेछ। निर्देशक भट्टराईका अनुसार सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले उठाउने छ।
फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाललगायत कलाकारको अभिनय रहनेछ। फिल्मको पटकथा तथा संवादलाई भट्टराईसहित देवव्रत र अरुणदेव जोशीले तयार पारेका हुन्।
दीपक बज्राचार्यले छायांकन गर्ने फिल्ममा चण्डीप्रसाद काफ्लेका् संगीत रहनेछ।