अभिनेता अभयराज बरालको निर्माण एवं निर्देशन रहेको फिल्म 'अर्ध पागल' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा फिल्मको कथा झल्काउने प्रयास गरिएको हो।
निर्देशक बरालका अनुसार यात्रामा निस्किएका दुई जना मिल्ने साथीहरूबीच आ-आफ्नो प्रेमिकालाई लिएर गरिएको मानसिक र शारीरिक द्वन्द्वको कथा फिल्मले प्रस्तुत गर्छ।
कोरोना महामारीको समयमा खिचिएको फिल्म क्राइम जनरामा बनेको छ।
फिल्ममा बरालसँगै प्रकाश भुजेल, ममता लामिछाने, सेबिता अधिकारी, संगीता राई, हिना कोइराला, दिक्षा शर्मालगायत कलाकारको अभिनय छ।
यो फिल्मलाई पूर्ण व्यवसायिक रूपमा सिनेमा घरमा प्रदर्शन गर्नेभन्दा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने उद्धेश्य रहेको निर्देशक बरालले बताए।
नयाँ वर्षको छेकोमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको फिल्मलाई समर्पण रेग्मीले छायांकन, कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।