फिल्म 'रूखान' मा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन्।
सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा यसअघि अभिनेत्री नीति शाह अनुबन्धित भइसकेकी छन्। फिल्ममा नीति र आर्यनले जोडी बाध्ने भएका छन्।
फिल्मका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्र्याइएको जानकारी दिए। फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी गरी ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माण टिम छ।
फिल्ममा कृष्ण थापा (अस्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ। डाक्टर रूपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ।
यो फिल्म सविन फिल्मस, भिक्टोरी प्रोडक्शन हाउस प्रालि र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्म निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ।
यो फिल्मले देशका नागरिकहरूले विभिन्न समस्याबाट जुध्दै गर्ने संघर्षको कथालाई देखाउनेछ।