राजु गिरीले नयाँ फिल्म 'डल्लेले इन्ट्री मार्यो' को निर्माण घोषणा गरेका छन्।
२०८१ साउन २० गतेबाट छायांकनमा जाने फिल्मको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।
जिआर प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरूको अभिनय रहनेछ। निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन्।
बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन्। निर्देशक गिरी निर्देशित दुई फिल्म 'नम्बरी सुन' र 'ईश्वर' प्रदर्शनको तयारीमा छन्।
‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ भने 'नम्बरी सुन' को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन।