निश्चल बस्नेत र स्वस्तिमा खड्का जोडीको फिल्म 'बेहुली फ्रम मेघौली' को छायांकन सोमबार सकिएको छ। चितवनको मेघौली गाउँमा ३४ दिनमा उनीहरूले फिल्मको छायांकन पूरा गरेका हुन्।
यो फिल्ममा निश्चल र स्वस्तिमा निर्माता समेत हुन्। फिल्मलाई साजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा लेखन एवं निर्देशन गरेका छन्।
फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारको पनि अभिनय छ। ब्ल्याकहर्ष प्रिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा बनेको फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता छन्।
वर्ष २०८१ को दसैंमा फिल्म प्रदर्शनमा ल्याइने जनाइएको छ।