शुक्रबार रिलिज भएको दयाहाङ राई र आँचल शर्मा अभिनीत फिल्म 'डिग्री माइला' को काठमाडौंमा प्रिमियर गरिएको छ।
बिहीबार बेलुका बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्मको टिमसँगै सञ्चारकर्मी, अतिथि फिल्मकर्मी एवं राजनीतिज्ञ समेतको उपस्थिति रह्यो।
एमाले नेता एवं संघीय सासंद रघुजी पन्तले प्रिमियरमा फिल्म हेरे। अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेत्रीहरू मिरूना मगर, प्रियंका कार्की, अभिनेताहरू शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, मुकुन भुषाल, विल्सन विक्रम राई, निर्मल शर्मा, संगीतकार चेतन सापकोटा लगायतका कलाकारहरू प्रिमियरमा सहभागि रहे।
हलबाट निस्किँदै गर्दा अधिकांशले फिल्मको विषयवस्तु र कलाकारको अभिनय मन परेको प्रतिक्रिया दिए।
रामबाबु गुरूङको निर्देशनमा बनेको 'डिग्री माइला' मा दयाहाङ र आँचलसहित विजय बराल, बुद्दि तामाङ, माओत्से गुरूङ, प्रकाश घिमिरे, कमलमणि नेपाललगायत कलाकारहरूको समेत अभिनय छ।
विशाल गुरूङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरूङ फिल्मको निर्माता हुन्।
तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी