बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'बडे मियाँ छोटे मियाँ' र अजय देवगन अभिनीत फिल्म 'मैदान' गत बिहीबारदेखि प्रदर्शन भइरहेको छ।
यी दुवै फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरका अनुसार 'बडे मियाँ छोटे मियाँ' ले तीन दिनमा ३३ करोड ३ लाख भारू कमाएको छ भने 'मैदान' ले तीन दिनमा १५ करोड ७० लाख भारू कमाएको छ।
१६ करोड ७ लाख भारूमा ओपनिङ गरेको फिल्म 'बडे मियाँ छोटे मियाँ' ले दोस्रो दिन ७ करोड ६ लाख र तेस्रो दिन ९ करोड कमाएको हो।
७ करोड २५ लाखमा ओपनिङ गरेको फिल्म 'मैदान' ले दोस्रो दिन २ करोड ८० लाख र तेस्रो दिन ५ करोड ६५ लाख भारू कमाएको हो।
अली अब्बास जफर निर्देशित फिल्म 'बडे मियाँ छोटे मियाँ' मा अक्षय र टाइगरसँगै पृथ्वीराज सुकुमारन, सोनाक्षी सिन्हा, मानुषी छिल्लरलगायत कलाकारको अभिनय छ। फिल्ममा वासु भगनानी र ज्याकी भगनानीको लगानी छ।
अमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेको फिल्म 'मैदान' मा अजयसँगै प्रियमणी, गजराज राव, रुद्राणीलगायत कलाकारको अभिनय छ।फिल्ममा जि-स्टुडियो, बोनी कपूर, आकाश चावला, अरुणा जोय सेनगुप्ताको लगानी छ।