निर्देशक मिलन चाम्सले फिल्म 'वर एण्ड बधू' को पहिलो चरणको छायांकन रोमानियामा गरे। यतिबेला फिल्मको दोस्रो चरणको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ।
गत बुधबारदेखि सुरू भएको छायांकनमा थुप्रै कलाकारहरू जोडिएका छन्। किरण केसी, विजय लामा, सरिता लामिछाने, रविन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, श्रृष्टि खड्का, हिमेश पन्त, बिजु पार्कीलगायत कलाकारहरू फिल्मको सेटमा जोडिएका छन्।
त्यस्तै 'सकम्बरी' गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले पनि फिल्मको छायांकन सुरू गरेकी छिन्। अभिनयका हिसाबले यो उनको पहिलो फिल्म हुनेछ।
दोस्रो चरणअन्तर्गत एकान्तकुना, भैंसेपाटी, कीर्तिपुर लगायतका क्षेत्रमा फिल्म खिचिएको छ। आइतबार बनस्थली क्षेत्रमा छायांकन भएको छ। २५ दिन सेड्यूल तोकिएको फिल्मको बाँकी सबै छायाँकन काठमाडौंभित्रै गरिने निर्देशक चाम्सले बताए। सुदिप बराल फिल्मको छायांकार हुन्।
यो फिल्मको शीर्ष भूमिकामा अभिनेत्री आँचल शर्मा र नव–अभिनेता विवेक कर्माचार्य छन्। प्रदीप भारद्धाजको पटकथा रहेको फिल्म रोमान्टिक कमेडी जनरामा बन्नेछ। नेपाली र हिन्दी भाषामा निर्माण गरिने भनिएको फिल्मको निर्मातामा जानुका थापा र कार्यकारी निर्मातामा डा. अमित रिजाल छन्।
फिल्मको छायांकन सेटबाट केही तस्बिरहरू सार्वजनिक भएका छन्।
हेर्नुस् तस्बिरहरूः