सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट 'फेस अफ नेपाल' यसवर्ष पनि आयोजना हुने भएको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच 'फेस अफ नेपाल २०२४' को आवेदन खुला गरिएको जानकारी गराइएको छ।
दक्षिण कोरियामा हुँदै आएको मोडल हन्टलाई नेपालले फ्रेन्चाइज लिएर आयोजना गर्दै आएको हो।
यस वर्षदेखि प्रतियोगीताको आयोजक परिवर्तन भएको छ। अब एम.एस. प्रोडक्सन नेपालले यो प्रतियोगीता आयोजना गर्दैछ। आयोजक संस्थाकी नेशनल डिरेक्टर मेनुका माझीले सोमबारदेखि आवेदन खुला गरिएको जानकारी दिइन्।
सातवटै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ। मोडल हन्टमा पुरुष र महिला दुवै सहभागी हुन सक्नेछन्। उमेर १८ देखि ३० वर्षसम्म हुनुपर्ने जनाइएको छ। पुरूषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्ने बताइएको छ।
छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी देशका ख्यातीप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ।
सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्यांकन र भोटिङबाट तीनजना विजेता घोषणा हुनेछन्। र, विजेताहरू साउथ कोरियामा नोभेम्वरमा भाग लिन जानेछन्।
फेस अफ नेपाल २०२४ मा स्मिथ तामाङले कोरियाग्राफी गर्नेछन् भने रूपेश थापा फोटोग्राफरको रूपमा छन्।