निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको निधन भएको छ।
८६ वर्षका लोहनीको सोमबार दिउँसो काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। उनी प्रसिद्द बलिउड अभिनेत्री माला सिन्हाका श्रीमान हुन्।
लोहनीको सोमबारै पशुपति आर्यघाटमा दाह संस्कार गर्ने तयारी रहेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।