गत बिहीबार रिलिज भएको फिल्म 'पुजार सार्की' लाई जापानमा प्रदर्शन गरिएको छ।
आइतबार टोकियोको नाकानो जेरो हलमा गरिएको प्रदर्शनमा एकसाथ १५ सय दर्शकले फिल्म हेरेको आयोजकले जनाएको छ।
जापानमा फिल्मको शो ऐतिहासिक भएको आयोजक खिमराज शाहले बताए।
यो शोमा सहभागी हुन नेपालबाट फिल्मका अभिनेता पल शाह र लेखक विकास सुवेदी टोकियो पुगेका थिए। पलले पनि उक्त शोमा पहिलोपटक यो फिल्म हेरेका थिए। जापानमा फिल्मको अन्य चार वटा शोहरू समेत तय भइसकेको जनाइएको छ।
दिनेश राउतको निर्देशन रहेको 'पुजार सार्की' ले नेपालमा उत्साहजनक व्यापार गरिरहेको छ।
फिल्ममा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको अभिनय छ। सुवास भुसाल फिल्मको निर्माता हुन्।