सिमोस सुनुवारको निर्देशनमा फिल्म 'जन्ते बाख्रो' निर्माण हुने भएको छ।
फिल्ममा अभिनेता सौगात मल्लको शीर्ष अभिनय रहनेछ। उनी र निर्माण टिमबीच मंगलबार मात्रै लिखित सम्झौता भएको हो।
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको निर्माताका रूपमा सन्तोष गौतम र निर्देशक सिमोस स्वयं छन्।
निर्देशक सिमोसका अनुसार ग्रामीण परिवेशको कथामा रहेर यो फिल्म बन्नेछ। 'यो गाउँले परिवेशको लाइट कमेडी फिल्म हुनेछ। यसमा त्रिकोणात्मक प्रेमकथालाई रोचक तरिकाले देखाउने छौं,' उनले भने।
उनले यो आफ्नो अगाडिको फिल्म 'झ्यानाकुटी' फ्लेवरमा हुने समेत बताए। फिल्मका लागि अन्य कलाकारहरू छनौटको चरणमा छन्।
भदौंदेखि फ्लोरमा जाने फिल्मको सम्पूर्ण छायांकन गाउँमा गरिने छ।