अभिनेता प्रदीप खड्का अभिनीत फिल्म 'प्रकाश' भिडिओ पसल एपमा रिलिज भएको छ।
यस फिल्मबाट अभिनेता खड्काले तारिफ समेत पाएका थिए। कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा देखाइएको छ।
फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ।
सबै स्मार्ट डिभाइसमा भिडिओ पसल एप डाउनलोड गरी साथै वेभसाइटमा फिल्म हेर्न सकिन्छ। भिडिओ पसलमा २.९९ डलर देखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ। उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ।
२०१७ देखि सञ्चालनमा रहेको भिडिओ पसलमा 'प्रकाश' का अलावा 'एक भागवत गीता', 'ऐँचो पैँचो', 'छक्का पन्जा ४', 'झिंगेदाउ', 'मन्त्र', 'लाखे' लगायतका फिल्महरू हेर्न सकिन्छ। एपमा फिल्मसँगै अन्य सर्ट फिल्म पनि उपलब्ध छन्।