अभिनेत्री वर्षा राउतले आफ्नो आगामी फिल्म 'मेयर' को डबिङ सुरू गरेकी छन्। अनामनगरमा रहेको एक स्टुडिओमा फिल्मको डबिङ सुरू भएको हो।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा वर्षाले शीर्ष भूमिका निर्वाह गरेकी छन्।
यसअघि प्रदीप भट्टराईको फिल्म ‘महाजात्रा’ मा देखिएकी वर्षा मेयरलाई लिएर पनि उत्साहित छिन्।
फिल्ममा मेयरको भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले अभिनय गरेका छन्।
सर्लाहीको वाग्मती नगरपालिकाका वर्तमान नगर प्रमुख भरत कुमार थापाको जीवन संघर्षलाई आधार मानेर फिल्म निर्माण गरिएको हो।
महेश दवाडीको पटकथा लेखन रहेको फिल्ममा निर्माताका रूपमा शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल छन्। कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन्।
फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।