शुक्रबारदेखि प्रदर्शनमा आएका नेपाली फिल्म 'रावायण' र 'देवी' हेर्न दर्शकको उपस्थिति न्यून देखिएको छ।
'रावायण' ले शुक्रबार र शनिबार केही हलमा दर्शकको साथ पाए पनि आइतबारदेखि व्यापारमा गिरावट आएको हो।
यस्तै, 'देवी' मा सुरूको दिनबाटै दर्शकको उपस्थिति न्यून देखिएपछि शो घटाइएको छ।
यो फिल्मलाई क्युएफएक्स चेनले मंगलबारका लागि काठमाडौंका हलमा ३ शो मात्र उपलब्ध गराएको छ।
दुवै फिल्मको प्राप्त शोमा अकुपेन्सी न्यून देखिनुले पनि व्यापार दयनीय रहेको देखाउँछ।
सुदर्शन थापाको निर्देशन रहेको 'रावायण' मा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह लगायतका कलाकारहरूको अभिनय छ।
संजोग राई निर्देशित 'देवी' मा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी लगायतका कलाकारहरू छन्।