दसैंमा प्रदर्शनमा आउने फिल्म 'ज्वाइँ साब' को पहिलो गीत बुधबार सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलको युट्युबबाट रिलिज गीतको भिडिओ विवाहको परिवेशमा तयार गरिएको छ।
'कसम बत्तिको' बोलको सो गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार जितु नेपाल र नीति शाह फिचर्ड छन्।
यसमा स्वर निशान भट्टराई र समीक्षा अधिकारीको छ। अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द यादव लम्सालले लेखेका हुन्।
भिडिओमा बुद्दि तामाङ, हिमेश पन्त, इशान राउत, रमेश बुढाथोकी, दिपक आचार्य लगायतका कलाकारहरू समेत प्रस्तुत छन्।
यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्। कमेडी जनरामा रहेर निर्माण गरिएको फिल्मले सामाजिक कथा भन्ने जनाइएको छ।
राजकुमार पण्डितको प्रस्तुतकर्ता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ निर्माता छन्।
सविन अधिकारीको कथा, शंकर धितालको लेखन रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता हुन्।
फिल्म दसैंको फूलपाति (असोज २४) गतेदेखि प्रदर्शनमा आउँदैछ।
भिडिओः