'मिस युनिभर्स नेपाल २०२४' को उपाधि सम्पदा घिमिरेले जितेकी छन्। बुधबार बेलुका ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालेमा घिमिरेले उपाधि जितेकी हुन्।
उनलाई आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले ताज पहिर्याएकी थिइन्।
योसँगै विजेता घिमिरेले मेक्सिकोमा हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
यस वर्षको मिस युनिभर्स नेपालमा स्मृति सिंह फर्स्ट रनरअप, अक्षिता क्षेत्री सेकेन्ड रनरअप, क्यारिन मुर्रे थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप भएकी छन्।
फिनालेमा उपाधिका लागि उत्कृष्ट २२ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो।