दसैं फूलपातीको दिन रिलिज भएका नेपाली फिल्महरू प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन्।
'छक्का पञ्जा ५', '१२ गाउँ' र 'ज्वाइँ साब' आज (बिहीबार) बाट तेस्रो सातामा प्रवेश गरेका हुन्।
यीमध्ये 'छक्का पञ्जा ५' र '१२ गाउँ' ले आक्रामक व्यापार गरेका छन्। सुरूका दिनमा राम्रो अकुपेन्सी नदेखिएको 'ज्वाइँ साब' ले पनि राम्रो कमाइ गरिरहेको निर्माण पक्षले जनाएको छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पञ्जा ५' ले पहिलो साता ११ करोड ५० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको वितरकले जनाएका थिए। त्यसयताको ग्रस कलेक्सनबारे आधिकारिक जानकारी दिइएको छैन।
विराज भट्टका बाबु–छोरा (समीर) को फिल्म '१२ गाउँ' ले पहिलो साता १० करोड ५ लाख रूपैयाँ कलेक्सन गरेको वितरकले जनाएका थिए।
यो फिल्मको पनि त्यसयताको ग्रस कलेक्सन सार्वजनिक गरिएको छैन।
जितु नेपाल र नीति शाह अभिनीत 'ज्वाइँ साब' ले १० दिनमा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक गरिएको थियो। यो फिल्मको पनि त्यसयताको कलेक्सनबारे जानकारी दिइएको छैन।