तेलेगु फिल्मका कलाकार कोटा श्रीनिवास रावको निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा हैदरावाद जुबली हिल्सस्थित निवासमा निधन भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।
आन्ध्र प्रदेशको कन्किपाडूमा जन्मिएका उनले सन् १९७८ मा प्रणाम खरिधुबाट डेब्यु गरेका थिए।
उनले ७५० भन्दा बढी फिल्ममा काम गरेका छन्। तेलेगु, तामिल, कन्नड र हिन्दी फिल्ममा समेत उनले काम गरेका छन्।
उनले सन् २०१५मा पद्मश्री अवार्ड समेत जितेका छन्।
उनी सन् १९९९ देखि २००४ सम्म भारतीय जनता पार्टीबाट आन्ध्र प्रदेशको विधानसभा सदस्य थिए।