ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीले ‘सकिएन’ नामक नयाँ गीत ल्याएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्रा.डा.भण्डारीले आफ्नै युट्युब च्यानलमार्फत् शुक्रबार यो गीत सार्वजनिक गरेका हुन्।
भण्डारीकै शब्द, स्वर र संगीत रहेको गीत लामाले रेकर्डिङ देव गरेका छन्।
गीत, संगीत र खेलकुदमा रूचा राख्ने प्रा.डा.भण्डारीले यसअघि ‘एउटा जीवन’, ‘किन होला’, ‘मायालु भाका’, ‘धन्यवाद’,‘तिम्रो नै माया’लगायत गीत ल्याइसकेका छन्।