लेखक मिलन बगालेको देशदृष्टि सार्वजनिक भएको छ। आर्किटेक्ट तथा ग्रामीण विकासविज्ञ बगालेले बसोबास पद्धति,निर्माण संस्कृति र सम्पदा संरक्षणका विषयमा केन्द्रित रहेर यो पुस्तक लेखेका हुन।
उनको पुस्तक देशदृष्टि शनिबार एक कार्यक्रमविच सार्वजनिक भएको हो। मदन पुरस्कार बिजेता अमर न्यौपाने ,प्राध्यापक मोहनमुर्ति पन्त र पुसत्कका लेखकले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन।
ग्रमिण विकास,बसोबास पद्धति,निर्माण संस्कृति लगायतका विषयहरुलाई पुस्तकमा सेमटिएको छ। देशका बिभिन्न भागमा देखेका र भोगेका विषयलाई समेटेर तयार पारिएको मुक्त आलेख हो देश दृष्टि।
लेखको यो दोश्रो कृति हो । यसअघि उनले एक घर एक रोजगार पुस्तक लेखिसकेका छन् ।