आमिर खान तथा जायरा खान अभिनित 'सेक्रेट सुपरस्टार'ले आक्रमक कारोबार गरेको छ। फिल्मले दुई दिनमा नै १०८.६४ करोड भारूको कारोबार गर्न सफल भएको हो। फिल्मको यो कमाइ भारतमा भन्दा दुई गुणाले बढि हो। भारतमा फिल्मले ८३ करोड ग्रस मात्र कमाएको थियो।
[embed]https://www.youtube.com/watch?v=J_yb8HORges[/embed]
दुई दिने कमाइको आँकडा हेर्दा फिल्मले चीनमा कमाइको मामिलामा नयाँ कीर्तिमान कायम गर्ने देखिएको छ। फिल्मले चीनमा प्रदर्शित आमिरको 'दंगल'को कमाइलाई पनि छाँयामा पार्ने अनुमान गरिएको छ। फिल्म चीनमा सर्वाधिक सुरूवाती कमाइ गर्ने फिल्म समेत बन्न पुगेको छ।