लामो विवादको श्रृखंला पछि रिलिज भएको दीपिका पादुकोण, रणविर सिंह तथा शाहिद कपुर स्टारर 'पद्मावत'ले वक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मले दुई दिनमा करिब ५० करोड भारूको कमाइ गरेको भारतिय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।
फिल्ममा अभिनयका लागि तीनै कलाकारले तारिफ बटुलिरहेका छन्। यससँगै फिल्मका लागि शाहिद तथा रणविरले भन्दा फिल्मको शीर्ष भूमिकामा देखिएकी दीपिकाले उनीहरूभन्दा बढि पारिश्रमिक लिएको स्विकार गरेकी छन्।
https://www.youtube.com/watch?v=8YaF2m7hCx0
एक कार्यक्रममा आफ्नी बहिनीसहित पुगेकी दीपिकालाई 'फिल्मका लागि कति पारिश्रमिक लिइएको थियो र के त्यो दुई हिरोको भन्दा बढि थियो?' भन्ने प्रश्नको जवाफ दीपिकाले 'हो' भन्दै जवाफ दिएपछि यसको खुलासा भएको हो। यध्यपी उनले आफ्नो पारिश्रमिकको अंक भने खोलिनन्।
भारतिय संचारमाध्यमहरूका अनुसार फिल्मका लागि दीपिकाले ११ करोड भारू पारिश्रमिक बुझेकी छन् भने रणविरले ८ र शाहिदले ६ करोड भारू बुझेका छन्।