भारतमा ठूलै हल्लाखल्ला र विवादपछि रिलिज भएको फिल्मले गतिलो व्यापार गरिरहेको छ। यस खबरले निर्देशक संजय लिला भन्सालीलाई खुशी प्रदान गरेको छ। तर योसँगै उनलाई नराम्रो खबर पनि छ।
भारतमा फिल्म प्रतिबन्धको चर्को माग भएको रणविर, दीपिका तथा शाहिद स्टारर 'पद्मावत'लाई मलेसियाले रिलिज गर्न रोक लगाएको छ। 'इस्लाम तथा सोसँग सम्बन्धित संवेदनशिलता'लाई ध्यानमा राख्दै मलेसियाले फिल्मको रिलिज रोकेको हो। मलेसियाको सेन्सर बोर्ड फिल्मलाई प्रद्र्शन अनुमति नदिएकाले फिल्म मलेसियामा रिलिज हुनेछैन्।