वरिष्ठ बलिउड अभिनेत्री जिन्नत अमानले एक व्यापारीका विरूद्ध मुम्बई पुलिसमा आफूलाई दुर्व्यवहार र गलत मनशायले घुर्ने गरेको भन्दै उजुरी गरेकी छिन्।
सोमबार उनले इन्डियन पेनल कोडको ३०४ डी तथा ५०९ अन्तरगत सो उजुरी दर्ता गराएकी हुन्।
मुम्बई प्रहरीका अनुसार दुबैजना एकअर्कासँग परिचित रहेको तर कुने कारणवस दुईको सम्बन्धमा चिसो आएपछी जीन्नतले ती व्यापारीसँग कुरा गर्न बन्द गरेकी थिइन्। यसका बाबजुत पनि ती व्यापारीले उनलाई निरन्तर फोन गर्ने तथा पछ्याउने गर्दे आइरहेका थिए।
जीन्नतले सुरूमा ती पुरूषलाई सम्झाउने प्रयास गरे पनि सो असफल भएपछी प्रहरीमा उजुरी दिएकी हुन्। मामिलाको प्रहरीले जाँच गरिरहेको छ।