दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माण घोषणा गरिएको छ।
यो फिल्मका लागि उनी निर्देशक एटलीसँग सहकार्य गर्दैछन्। अल्लू अर्जुन र एटलीले पहिलो पटक सहकार्य गर्न लागेका हुन्।
सन पिक्चर्सले सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उक्त जानकारी दिएको हो। जसमा अल्लू अर्जुन र एटली आफ्नो नयाँ प्रोजेक्टको लागि सँगै काम गरिरहेको देखिन्छ।
भिडिओमा उनले फिल्ममा हस्ताक्षर गरेको र लस एन्जलसको भिएफएक्स स्टुडियोको भ्रमण गरेको पनि देखाइएको छ। अल्लू अर्जुनलाई चेन्नईमा रहेको प्रोडक्सन हाउसको कार्यालयतर्फ जाँदै गरेको देखाइएको छ। जहाँ उनी निर्देशक एटली र निर्माता कलानिधि मारनलाई भेट्छन्। तीन जना भेटेर कुराकानी गर्छन् र यस प्रोजेक्टमा साइन गर्छन्।
अल्लू अर्जुनको यो २२ औं र एटलीको छटौं फिल्म हो। यस फिल्मको नाम अस्थायी रूपमा 'एए२२-ए६' राखिएको छ। फिल्ममा कलानिधि मारनको लगानी रहनेछ।