अभिनेत्री सागरिका घाटगे र पूर्व क्रिकेटर जहीर खान आमाबुबा बनेका छन्।
सागरिकाले छोरालाई जन्म दिएकी हुन्। उनीहरूले सामाजिक सञ्जालमार्फत उक्त जानकारी हुन्।
उनीहरूले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, 'उनको घरमा बेबी ब्वायको आगमन भएको छ। जसको नाम फतेहसिंह खान हो।'
उनीहरूले तस्बिर सार्वजनिक गरेपछि सेलिब्रेटीहरूले बधाई दिइरहेका छन्।
सागरिका घाटगेले फिल्म 'चक दे इन्डिया' मा काम गरेकी थिइन्। उनले पूर्व भारतीय क्रिकेटर जहीर खानसँग २३ नोभेम्बर २०१७ मा विवाह गरेकी थिइन्।