बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहर यतिबेला चर्चामा छन्।
केही समयअघि उनी एक अवार्ड समारोहमा देखिएका थिए। जहाँ उनी निकै दुब्लो देखिएका थिए। त्यसपछि फ्यानहरू करणको स्वास्थ्यलाई लिएर चिन्तित भए।
हालै करणले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन्। उनले आफूले निकै कम समयमा तौल घटाएको र आफूलाई स्लिम अवतार निकै मन परेको बताएका छन्।
'म एकदम ठीक छु। मेरो स्वास्थ्य अवस्था एकदमै राम्रो छ। तर स्वास्थ्य परीक्षण गराउँदा मेरो ब्लड लेवल ठीक गर्न आवश्यक रहेको थियो। त्यसैले मैले आफ्नो तौल घटाएको हुँ,' न्यूज १८ सँगको कुराकानीमा उनले भनेका छन्।
उनी दिनको एक समय मात्रै खाना खान्छन्। यो बाहेक उनी स्वीमिङ पनि गर्छन्।