दक्षिण भारतीय अभिनेत्री तृषा कृष्णन विवाहको प्रश्नले घेरिरहन्छिन्।
उनको नाम थलपति विजयसँग पनि जोडिसक्यो। केही महिनाअघि रिपोर्ट्सले तृषा कृष्णन र थलपति विजय साथ रहेको दाबी गरेका थिए।
हालै फिल्म 'ठग लाइफ' को प्रमोशनको क्रममा तृषा कृष्णनलाई विवाह योजनाबारे प्रश्न गरिएको थियो। कार्यक्रममा कमल हासन र फिल्मका निर्देशक मणिरत्नम पनि सहभागी थिए।
केही समय विचार गर्दै उनले भनिन्, 'मलाई विवाहमा विश्वास लाग्दैन। भयो भने ठीक छ र भएन भने पनि ठीक छ।'
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार तृषा कृष्णन र थलपति विजय लामो समयदेखि प्रेम सम्बन्धमा छन्। थलपति विजयले हालै राजनीतिमा प्रवेश गरेका छन्। उनी तमिलनाडुमा हुने चुनावमा उम्मेदवारी दिने बताएका छन्। उनले सन् २०२४ मा फिल्मबाट सन्यास लिने घोषणा गरेका थिए।