भारतीय फिल्म 'परम सुन्दरी' ले ओपनिङ विकेन्डमा राम्रो कमाइ गरेको छ। सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर अभिनीत फिल्मले ३ दिनमा भारतीय बक्स अफिसमा २६ करोड भारू कमाइ गरेको हो।
भारतीय संचारमाध्यमका अनुसार फिल्मले तेस्रो दिन आइतबार १० करोड रूपैयाँ कमाएको छ। फिल्मले शुक्रबार ६.८५ करोड र शनिबार ९ करोड भारू कमाएको थियो।
म्याडक फिल्म्सको प्रस्तुति रहेको 'परम सुन्दरी' रोमान्टिक कमेडी ड्रामा हो। तुषार जलोटा निर्देशित फिल्मका निर्माता दिनेश विजन हुन्। फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ।
नेपालका सिनेमा हलहरूमा पनि यो फिल्म प्रदर्शन भइरहेको छ।