रणवीर सिंह अभिनीत प्रतीक्षित भारतीय फिल्म 'धुरन्धर' विश्वव्यापी प्रदर्शनमा आएको छ। यो फिल्म नेपालमा पनि शुक्रबारदेखि रिलिज भएको हो।
नेपालमा फिल्मले पहिलो दिन (शुक्रबार) का लागि देशभर १६१ शोज पाएको छ। रिलिज अगाडि नै बुकिङ उत्साहजनक देखिएको फिल्मले व्यापार राम्रो गर्ने अपेक्षा गरिएको छ।
आदित्य धरले निर्देशित यो फिल्म भारतीय जासुसी मिसनमा आधारित 'स्पाई थ्रिलर' हो। फिल्ममा रणवीर सिंहसहित सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन जस्ता कलाकारहरूको अभिनय छ।
नेपालमा यो फिल्म 'श्याडो पिक्चर्स' ले भित्र्याएको हो।