मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारीकी सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण 'रोल नम्बर एक' प्रकाशित भएको छ। सांग्रीला बुक्सले प्रकाशन गरेको 'रोल नम्बर एक' समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाको पेटारो भएको प्रकाशकले जनाएको छ।
प्रकाशकका अनुसार बाल्यकालमा अब्बल बन्ने र छोरीहर"लाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपनाले सृजना गरेका परिदृश्य नै यस पुस्तकमा समेटिएको छ। महिला र पुरूषबिच समानता चाहले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झांगियो, पौडेलको बाल्कालिन संस्मरण त्यसैको नालीबेली हो।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित लेखक हुन् पौडेल। 'खलंगामा हमला' पुस्तकका लागि उनले मदनपुरस्कार पनि प्राप्त गरिन्। मर्यादित र सुरक्षित महिनावारीका विषयमा उनका तीन पुस्तक प्रकाशित भइसकेका छन्। 'रोल नम्बर एक' उनको पहिलो बाल्यकालिन संस्मरण हो।