भारतीय व्यसायिक शो 'शार्क ट्यांक' को दोस्रो सिजन आउँदैछ। उक्त शोको प्रचार गर्न निर्माण टिम अमिताभ बच्चनको शो ‘कोन बनेगा करोडपति’ मा पुगेका थिए।
८० वर्षिय अभिनेता अमिताभले आफ्नो व्यवसाय प्रस्ताव राखे। उनको प्रस्ताव थियो, एबी टिस्यू।
सोनी टेलिभिजनले सामाजिक सञ्जालमा उक्त प्रोमो सार्वजनिक गरेको छ। सार्वजनिक भिडिओमा अमिताभ बच्चनको हातमा टिस्यू बक्स देख्न सकिन्छ।
आफ्नो व्यवसाय योजना बताउँदै उनले भने, ‘खास महिलाको लागि हामीले लिएर आएका छौं एबी टिस्यू। यसको ट्रायल पनि भइसक्यो। के तपाईंहरू यसमा लगानी गर्न चाहनुहुन्छ?’
शादी डटकमका संस्थापक अनुपम मित्तलले टिस्यू बिक्री भए कम्तीमा १०० करोड रुपैयाँ लगानी गर्न सक्ने बताएका छन्।
अमिताभले मजाक गर्दै भने, ‘२५ प्रतिशत रकम अहिले दिनुहुन्छ?’
‘शार्क ट्यांक २’ जनवरी पहिलो सातादेखि प्रदर्शन हुँदैछ। यस शोमा प्रतिस्पर्धीहरू आफ्नो व्यवसाय योजना लिएर सहभागी हुन्छन्। यदि कसैको व्यवसाय योजना उचित लाग्यो भने शार्क ट्यांक टिमले लगानी गर्नेछ।