फिल्मी उद्योगमा फिल्म र फेसन एक अर्काका परिपुरक मानिन्छन्। फिल्मी उद्योगमा स्टाइलले अभिनेता र अभिनेत्रीलाई सफलताको पहुँचमा पुराउन पनि मद्दत गर्छ। फिल्मले धेरै मात्रामा आम मानिसमा फेसनको बारेमा जानकारी दिन्छ।
बलिउड अभिनेत्री दिपीका पादुकोनको स्थान धेरै माथि छ। 'फिल्म फेयर फेसन'ले गरेको पोलमा बलिउड अभिनेत्री दिपीकालाई फेसनको रानीको उपमा दिइएको छ।
उनलाई जनताले फेसनको रानीको लागि भोट गरेका छन्। आफ्नी प्रतिस्पर्धी प्रियंका चोपडालाई पछि पार्दै दिपीकाले अग्रस्थान लिएकी हुन्। अभिनेत्री सोनम कपुरपनि उनीहरुको छेउछाउमै छिन्। यसैगरि अभिनेत्री कंगना रनावत पनि उनीहरुसँग प्रतिस्पर्धामा छिन्। तर दिपीकालाई जनताले फेसनमाथि राज गर्ने रानीको उपमामा भोट गरेका छन्।
यसैगरि फेसनको राजामा बलिउड अभिनेता रनवीर सिंहलाई जनताले रुचाएका छन्। उनीसँग अभिनेता शाहिद कपुर, बरुण धवन र आयुष्मान खुराना प्रतिस्पर्धामा थिए।
दिपीका र रनवीर एक अर्कासँग लामो समयदेखि प्रेममा छन् र उनीहरुले बलिउडमा राज गरिरहेका छन्।