अभिनेत्रीको रूपमा केकीको परिचय पुरानो भइसक्यो। अभिनयमा तारिफ बटुल्दै आइरहेकी छिन्। आउँदो शुक्रबारबाट उनी निर्माताका रूपमा नयाँ परिचय थप्दैछिन्।
उनलाई फिल्म प्रचारको भ्याइनभ्याइछ। निर्माताको रूपमा 'कोहलपुर एक्सप्रेस'लाई उनले एउटा परिक्षा मानेकी छन् जसमा उतिर्ण भइछाड्ने अठोटमा उनी छिन्। केहि समय अगाडी उनै केकी आफ्नो निर्माता हुँदाको अनुभवका बारेमा सेतोपाटीसँग गफिएकी थिइन्। उनीसँग फिल्म निर्माता नहुँदा केहि पूर्व धारणाहरू थिए जून उनी आफै निर्माता भएपछि फेरिएका छन्। यति हुँदाहुँदै पनि निर्माता बनेर फिल्म निर्माणको ज्ञान थप फराकिलो भएको अनुभव उनले सेटोपाटीसँग साटिन्।
पैसा भएपछि सजिलै निर्माता बनिन्छसुरूमा मलाई प्रोडियूसर हुनु कुनै ठूलो लाग्दैनथ्यो। सबैजना चिनेको छु, सबैसँग वर्षदेखिको चिनजान छ, काम गरेको अनुभव छ। त्यसैले म सजिलै पार लगाउँछु, अरूलाई जस्तो गार्हो हुँदैन भन्ने थियो। काम सुरू गर्दा पनि खासै अप्ट्यारो महशुस भएको थिएन्।
मलाई आर्थिक पाटो मिलाउन खासै गार्हो भएन। सबैलाई आआफ्नो डिपार्ट छुट्याइदिएपछि सबैले आआफ्नो काम गरिरहेकै थिए। तर गर्दै जाँदा मैले निर्माता बन्नु सोचे जस्तो सजिलो काम होइन रहेछ। यसमा निर्माताको लागि मानव व्यवस्थापन सबै भन्दा गार्हो रहेछ।
मान्छे त कुनै वस्तु होइन, इमोसन भएको प्राणी भएकाले मुड सुइङ हुन्छ कि पास्टमा अल्झिन्छ, कि भविष्यमा। अनि यस्ता विभिन्न सोच भएका मानिसलाई ल्याएर अबको हाम्रो यो लक्ष्य भनेर ल्याउनु जत्तिको गार्हो केहि होइन रहेछ।
https://www.youtube.com/watch?v=uF9XJU8Py58
लास्ट मिनेटको दबाब नहुन्जेल काम नै नहुँदो रहेछ। त्यसमाथी नेपालमा काम गराइ एकदमै सुस्त, सजिलोरूपमा लिने अनि अन्तिम अवस्थामा सबै प्रेसर लिने बानीले फिल्म निर्माता हुन सजिलो रहेछ। मैले देखेको प्रमूख समस्या यही हो।
फिल्ममा साथीहरू नै अभिनय गर्नाले त्यो पाटोमा कठिन भएन, एक-दुई पटक भन्दैमा अभिनयदेखी प्रचारप्रसारमा सजिलै काम भयो। तर समयमै काम नहुने बित्तिकै फिल्म निर्माण गर्ने प्रक्रिया एउटा मात्र काम विथोलिदा सबैमा बिग्रने रहेछ। अनि त्यो सबै प्रोडियूसरको काँधमा आउने रहेछ।
यो सब हेर्दा प्रोडियूसरलाई सबैभन्दा बढि पारिश्रमिक दिनुपर्छ भन्ने भएको छ।
नेपाली प्रोडियूसरको वास्तविक दु:ख बुझेंमलाई दीपेन्द्र लामा (घामपानी निर्देशक)ले कस्तो हुँदोरहेछ. 'घामपानीको पालामा त अष्ट्रेलिया थियौं?' भनेर सोध्नुभयो। उहाँको त्यो प्रश्नमा प्रचारका लागि कलाकार नहुँदाको दु:ख-पीडा पनि यसपटक बुझें।
किनभने म त्यो बेलामा ठीक छ दयादाइ हुनुहुन्छ भनेर गएको थिएँ तर तर कति ठाउँमा त दया दाइको उपस्थितिले पनि फरक पार्ने रहेछ । अहिले मलाई मैले त्यो बेलामा देखाउनुपर्ने सपोर्ट देखाउन नसकेकोमा दु:ख लाग्छ।
यही फिल्मको लागि पनि मैले सबैसँग ट्रेलर, गीत आदि सेयर गर्न सहयोग मागे । मलाई त्यो सहयोग मागिरहँदा मैले सबैलाई गर्नपर्न जतिको सहयोग गर्न नसकेकोमा सरी फिल भयो ।
https://www.youtube.com/watch?v=xskRqH2Wcw4
अबदेखि अरू निर्माताहरूलाई पूरा सहयोग(हाँस्दै) म एकदमै ज्ञानी भएकी छु। पहिले म कहिल्यै फिल्मको सेड्यूल माग्दिनथे, जहिले फोन आउँछ त्यही बेला मिलाउने हो भनेर बस्थे। तर अहिले पहिले नै माग्न थालिसकें। जस्तै 'नाइ नभन्नू ल ५' को सुटिङको लागि म आफै फोन गरेर नआतिनुस् सुटिङ कहिले हुन्छ भनेर सोधिरहेको छु। त्यस्तो फरक आउँदो रहेछ। अब सबैलाई सहयोग गर्छु।
निर्माता बन्न पुगेको छैनपुगेको छैन। यही चिजको बानी पर्दो रहेछ। जे चिजको च्यालेन्ज, रिस्क हुन्छ, त्यसकै लत मानिसलाई लाग्छ रे। त्यसैके 'कोहलपुर एक्सप्रेस' सुरूवात मात्रै हो, अन्त्य त होइन। कस्तो रिजल्ट आउला त्यो आफ्नो ठाउँमा छ। अलिकति अत्तालिउला तर हार मान्नेचाँहि हुँदैन मबाट।
(सेतोपाटीका लागि अशेष अधिकारीसँग गरेको कुराकानीमा आधारित)