टेलिभिजन रियालिटी शो 'दोहोरी आइकन' को आयोजना हुने भएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरू हुने जानकारी दिइयो।
एजे इन्टरटेनमेन्टले आयोजना गर्न लागेको शोको निर्णायकमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा छन्। होस्टको रूपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहनेछन्।
'दोहोरी आइकन' को विजेताले २५ लाख रूपैयाँ पुरस्कार र वर्ल्ड टुरको टिकेट पाउनेछन्। मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शो गर्न लागिएको बताइएको छ।
कार्यक्रममा लोकगायिका कोमल वली, रमेशबाबु श्रेष्ठ, अजय पोखरेल, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्कालगायतको उपस्थिति थियो।