लोकरक ब्याण्ड नेपथ्यले जापानको फुकुओकामा आफ्नो प्रस्तुति दिएको छ।
शनिबार नेपथ्यले फुकुओकामा आफ्नो प्रस्तुति दिएको हो। यसअघि नेपथ्यले टोकियोमा कन्सर्ट गरेको थियो।
नेपथ्यले फुकुओकामा कन्सर्ट सुरू हुनेबित्तिकै सबैभन्दा पहिले 'सा कर्णाली' र 'मै मरि जाउँला' को म्युजिक भिडिओ प्रस्तुत गरेको थियो। मञ्चमा उपस्थित नेपथ्य टोलीले 'कोशीको पानी यो जिन्दगानी' गीतबाट दर्शकसँग पहिलो साक्षात्कार गर्यो।
त्यसपछि नेपथ्यले 'भेँडाको ऊनजस्तो, छेक्यो छेक्यो, आँगनैभरि, लामपाते सुरती, चरि मर्यो, जोमसोमे' हुँदै 'शीरफूल' बोलको गीतमा प्रस्तुति दिएको थियो।
कन्सर्ट आयोजक प्रकाश थापाका अनुसार नेपथ्यको कन्सर्टमा १२ सयभन्दा बढी दर्शकको उपस्थिति थियो।
गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
यसैगरी नेपथ्यले ओसाकास्थित नाम्बा ह्याचमा १७ अगस्टमा प्रस्तुति दिनेछ।
सन् २०२३ मा नेपथ्यका सबै प्रस्तुतिहरूलाई 'मानवताका लागि संगीत' को नारासहित मानवता प्रबर्द्धन अभियानको शृंखलाको रूपमा प्रस्तुत गरिएको छ।
सबै तस्बिर: नेपालय