गायिका अस्मिता अधिकारीले अमेरिकाको १२ सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्।
'युएसए फर्स्ट म्युजिकल यात्रा– भोल्युम वन' नाम दिइएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो।
दसैं र तिहारको अवसर पारेर अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरू भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो। अस्मिताले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन्।
लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेसनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए। आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएको हो। अमेरिकामा अस्मिताको सांगीतिक कार्यक्रममा दर्शकले रूचाएका आयोजक मध्ये एक शरद युवराज सिंहले बताए।
अस्मिताले 'काले केटाले, टाढा भए पनि, मेसो मिलाएर, रमरम मरौटी, उता परेली झिम झिम भो, फूलै फूल दिन्छौं कि' लगायत चर्चित गीतमा दर्शक झुमाएकी थिइन्।