पोखराको लेकसाइडस्थित पारासिडो बारको कन्सर्टसँगै सांगीतिक ब्यान्ड '१९७४ एडी' को सांगीतिक यात्रा यो वर्षलाई सकिएको छ।
८ सय भन्दा बढी दर्शकहरूको ब्यान्डले ‘छुँदैन’, ‘हिँड्दा हिँड्दै’, ‘पिँजडाको सुगा’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘सम्बोधन’ लगायत चर्चित गीतहरू सुनाएका थिए। ब्यान्डले यसअघि भारत दार्जिलिङको खर्साङ, युएईको दुबई र अबुधाबिमा प्रस्तुति दिएका थिए।
पोखराको यात्रामा नेपालको लागि अस्ट्रेलियन राजदूत फेलिसिटी पनि भोल्क उपस्थित थिइन्। फेलिसिटीले आफू १९७४ एडी ब्यान्डको फ्यान भएको बताएकी छन्।
ब्यान्डका भोकलिस्ट तथा ड्रमर एड्रियन प्रधानले दर्शकहरूलाई पर्याप्त मनोरञ्जन दिलाएका थिए। फिरोज स्याङ्देनको स्वरमा ‘तिमीलाई पिरतीले बाँधौला’ गीतबाट सुरू भएको कन्सर्ट एक दर्जनभन्दा धेरै गीतपछि एड्रियन प्रधानको स्वरमा ‘यो मन त मेरो नेपाली हो’ गीत गाएर टुंगिएको थियो।
यसैगरी सांगीतिक प्रस्तुति सन् २०२३ लाई मैझारो गर्नेगरी घोषणा भएको ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले बताए।
१९७४ ब्यान्ड सन् २०२४ मा स्थापनाको ३० औं वर्षमा प्रवेश गर्दैछ। सन् १९९४ मा ललितपुरको झम्सिखेलबाट सुरू भएको ब्यान्डका नौ वटा एल्बमका दर्जनौं गीत चर्चित छन्। पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट भारतबाट थालेको ब्यान्डले एसिया, युरोप, उत्तर अमेरिका र अस्ट्रेलिया महादेशका दर्जनौँ देशहरूमा आफ्नो प्रस्तुति दिइसकेको छ।
ब्यान्डले यो वर्षमा एक दर्जनभन्दा बढी कन्सर्टहरू गरेको छ।