सारिका घिमिरेको पछिल्लो गीत 'गुन भुल्यौ' लाई युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको छ।
रिलिजको डेढ महिना नपुग्दै गीतले युट्युबमा १० मिलियन बढी भ्युज पाएको हो।
मे ३० (जेठ १६) मा रिलिज यो गीत सोसल मिडियामा निकै भाइरल भएको थियो। अहिले पनि गीतको चर्चा सेलाएको छैन।
प्रेम विछोडको पीडा समेटिएको गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सारिकाकै छ।
भिडिओमा पनि उनी स्वयंले अभिनय गरेकी छन्।
यो पनिः टिकटकमा भाइरल, युट्युबमा १० दिनमै २० लाखभन्दा बढी भ्युज (भिडिओ)