गायिका एलिना चौहानले आफ्नो फेसबुक आइडी दुरूपयोग भएको जानकारी गराएकी छन्।
केही व्यक्तिहरूले आफ्नो आइडी प्रयोग गरी पैसा उठाउने प्रयास गरिरहेको जानकारी पाएको बताउँदै उनले आफ्ना शुभचिन्तक र सबै प्रयोगकर्तालाई सचेत गराएकी हुन्।
गायिका चौहानले सामाजिक सञ्जालमार्फत उक्त ठगीबारे जानकारी दिँदै भनेकी छन्, 'मेरो फेसबुक आइडी दुरुपयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएकी छु।'
उनले ठगहरूलाई पैसा नदिन आग्रह गरेकी छन्।
आफ्नो पोस्टमा उनले लेखेकी छन्, 'सावधान रहनुहोस्, त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस्। कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त ब्लक र रिपोर्ट गर्नुहोस्।' उनले आफ्नो नामको आइडीबाट पैसा मागिएको स्क्रिनसट समेत सार्वजनिक गरेकी छन्।