लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी छन्।
कांग्रेस धादिङ २ ले उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको हो।
उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष छिन्। प्रतिष्ठानको पहिलो महिला अध्यक्षसमेत रहेकी उनको कार्यकाल फागुनमा सकिँदैछ।
कांग्रेस धादिङ २ ले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फको उम्मेदवार सिफारिस गरेकोमा रीताको नाम समानुपातिकमा सिफारिस गरेको हो।
माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ।
कांग्रेस धादिङ २ बाट सिफारिस भएका नाम;
प्रत्यक्षतर्फ
देवीकुमारी बुर्लाकोटी
कल्पना अधिकारी
रमेशप्रसाद धमला
वासुदेव तिमल्सिना
तिलकप्रसाद रूवाली
गोपाल विश्वकर्मा
दिनेशबहादुर गुरूङ
ईश्वर अधिकारी
डा. अमितसिंह कार्की
चन्द्रबहादुर थापा
अश्विन दुवाडी
समानुपातिकतर्फ
दिलमान पाख्रिन
चीजकुमार श्रेष्ठ
अर्जुनबहादुर थापा
सेतेमान तामाङ
बालकृष्ण नेपाली
शान्ताकुमारी तामाङ
भगवती उप्रेती
रीता थापा मगर
राष्ट्रिय सभा
दिलमान पाख्रिन