अभिनेत्री रेखा थापाले नाटक अभिनयमा डेब्यु गर्दैछिन्। उनको पहिलो नाटक 'मीरा' को मञ्चन सोमबारदेखि सुरू हुँदैछ।
नक्साल गैह्रिधारास्थित कान्तिपुर थियटरमा साँझ ५ः३० बजे नाटकको पहिलो मञ्चन हुन लागेको हो।
दीपक सिञ्जालीद्धारा लिखित उपन्यासमा आधारित नाटकको परिकल्पनाकार तथा निर्देशक सुन्दर धिताल हुन्।
असार ७ गतेसम्म बुधबार बाहेक नियमित मञ्चन हुने नाटकमा रेखाको अलवा विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय नाटकमा देख्न पाइनेछ।
कान्तिपुर थियटर कान्तिपुर फिल्म एकेडेमीले संचालनमा ल्याएको हो। थियटर सोमबार नै समुदघाटन् हुँदैछ।
बेलुका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा कान्तिपुर थियटरको औपचारिक सुरूवात हुन लागेको छ। उद्घाटनसँगै नाटक 'मीरा' को पहिलो मञ्चन गर्न लागिएको हो।