दर्जनौं फिल्ममा अभिनय गरेकी अभिनेत्री रेखा थापाले रंगमञ्च यात्रा सुरू गरेकी छन्।
उनको पहिलो नाटक 'मीरा' को मञ्चन सोमबारदेखि सुरू भएको छ। काठमाडौंको नक्साल, गैह्रिधारास्थित कान्तिपुर थिएटरमा सोमबार साँझ ५ः३० बजे नाटकको पहिलो मञ्चन भयो। अब यो नाटक असार ७ गतेसम्म बुधबार बाहेक नियमित मञ्चन हुनेछ।
दीपक सिञ्जालीद्धारा लिखित उपन्यासमा आधारित नाटकको परिकल्पनाकार तथा निर्देशक सुन्दर धिताल हुन्।
नाटकमा रेखाका अलवा विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय देख्न पाइनेछ।
कान्तिपुर थिएटर कान्तिपुर फिल्म एकेडेमीले संचालनमा ल्याएको हो। थिएटरको सोमबार नै उद्घाटन गरिएको थियो।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-1748932242.jpeg)
-1748932242.jpeg)
-1748932240.jpeg)
-1748932239.jpeg)
-1748932240.jpeg)
-1748932240.jpeg)
-1748932240.jpeg)
-1748932239.jpeg)
-1748932237.jpeg)
-1748932237.jpeg)
-1748932237.jpeg)
-1748932237.jpeg)
-1748932236.jpeg)
-1748932236.jpeg)