चितवनमा ७२.४२ प्रतिशतले मतदानमा सहभागिता जनाएका छन्। भरतपुर महानगरपालिकामा ६७.५९ प्रतिशतले मतदान् छन्।
चितवनको खैरहनी नगरपालिकामा ७४.२४, रत्ननगर नगरपालिकामा ७५.२१, माडीमा ७२.२८, कालिकामा ७८, राप्तीमा ७३.२५ र इच्छाकामना गाउँपालिकामा ७६.८१ प्रतिशतले मतदान गरेका छन्।
मतदान सकिएपछि चितवनका सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा ल्याइएको छ।
भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको हलमा तयार पारिएको मतगणना स्थलमा ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो। कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलकाअनुसार शुक्रबारदेखि नै मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
पौडेलले शनिबारदेखि धेरै समूह बनाएर गणना गरिने बताए। बढीमा एक हप्ता भित्रमा मतगणना सक्नेगरी तयारी भइरहेको उनले बताए।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी मेयर पदको उम्मेदवार छन्। यहाँ नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनहरुबाहेक पनि मेयरमा दुई दर्जन उम्मेदवार छन्।