चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ। सत्तारूढ गठबन्धन दल र एमाले प्रतिनिधिबीच विवाद हुँदा मतगणना रोकिएको हो।
स्रोतका अनुसार कर्मचारीले गणना गर्दा गठबन्धनको सदर भोटलाई बदर गरेको भन्दै गठबन्धनको आग्रहमा कर्माचारी निकाल्न खोजिएको थियो। एमालेले त्यसको विरोध गर्दै हल्ला गरेपछि मतगणना प्रभावित भएको हो।
गठबन्धनका प्रतिनिधिले निकाल्न खोजेका कर्मचारी एमालेनिकट भएको स्रोतको दाबी छ।
अहिलेसम्म १६ हजार १३३ मत गणना भएको छ। त्यसमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल १५ मतले अघि छन्।
अहिले मतगणना स्थलमा समस्या समाधानको प्रयास भइरहेको छ।