काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। अब वडा नम्बर १४ को मात्रै अन्तिम परिणाम आउन बाँकी छ।
अहिलेसम्म ३१ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमालेले १२ वडामा अध्यक्ष जितेको छ भने कांग्रेसले १८ वडाध्यक्षमा कांग्रेसले जित हात पारेको छ।
नेकपा एकीकृत समाजवादीले एक वडामा जित हात पारेको छ। काठमाडौं १५ मा एकीकृत समाजवादीका ईश्वरमान डंगोलले वडाध्यक्ष जितेका छन्। वडा नम्बर १४ को मतपरिणाम आउन बाँकी छ।
एकीकृत समाजवादीले यसपालि काठमाडौंका ८ वडामा एक्लै उम्मेदवारी दिएका थियो। केही ठाउँमा उसले सत्ता गठबन्धनसँग मिलेर उम्मेदवारी दिएको थियो।
एकीकृत समाजवादी एक्लै लडेका वडाहरू १,२, ७, ८, १५,२४, २७ र ३० हुन्। यीमध्ये एमालेले वडा नम्बर १, २, ३२ मा एमालेले अध्यक्ष जितेको छ। यी आठ वडामा एमालेका वडाध्यक्ष उम्मेदवारले १०१४० मत पाएका छन्।
यिनै वडामा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले जम्मा ५६३४ मत पाएका छन्। अर्थात् एमाले वडाध्यक्षहरूले पाएको मतको ५५.८४ प्रतिशत मत पाएका छन्।
हेर्नुस् टेबल
	
		
			| 
			 वडा नम्बर 
			 | 
			
			 एमाले  
			 | 
			
			 एकीकृत समाजवादी 
			 | 
		
		
			| 
			 १ 
			 | 
			
			 ६२२ 
			 | 
			
			 ३६ 
			 | 
		
		
			| 
			 २ 
			 | 
			
			 १३७७ 
			 | 
			
			 ७४ 
			 | 
		
		
			| 
			 ७ 
			 | 
			
			 २८१७ 
			 | 
			
			 ९२४ 
			 | 
		
		
			| 
			 ८ 
			 | 
			
			 ७३८ 
			 | 
			
			 २१ 
			 | 
		
		
			| 
			 १५ 
			 | 
			
			 १३९३ 
			 | 
			
			 ३४७६ 
			 | 
		
		
			| 
			 २४ 
			 | 
			
			 ९२४ 
			 | 
			
			 ६७१ 
			 | 
		
		
			| 
			 २७ 
			 | 
			
			 १३०३ 
			 | 
			
			 ११३ 
			 | 
		
		
			| 
			 ३० 
			 | 
			
			 ९१६ 
			 | 
			
			 ३१९ 
			 | 
		
		
			| 
			 जम्मा 
			 | 
			
			 १००८९ 
			 | 
			
			 ५६३४ 
			 |