सगरमाथा, कन्चनजञ्घा, गौरीशंकर लगायतका हिम श्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिने काभ्रेको कुशादेवीमा तीन दिने पर्यटन महोत्सव हुने भएको छ।
पनौतिको बिहावर क्षेत्रमा पर्ने कुशादेवीमा बैशाख १५ देखि महोत्सव आयोजना हुने महोत्सव मूल समारोह समितिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए।
समुन्द्री सतहदेखि २७ सय मिटर उचाइँमा रहेको कुशाहदेवी क्षेत्रमा २८० प्रजातिका चराचुरुङगी, चितुवा, मृग लगायतका जंगली जनावारको समेत बासस्थान रहेको छ। यीनै कुराहरुलाई लिएर ग्रामिण पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको थापाले बताए।
महोत्सवमा स्थानीय संस्कृति र झाँकीहरुको पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ। साथै महोत्सवमा प्याराग्लाडिङ पनि गर्न सकिनेछ।